Dhulikhel Eco Banner new

एल.जीले गर्यो काठमाडौंमा एयर सोलुसन्स सम्मेलन

6.73K
shares

काठमाडौं, ३ पुस । एल.जी.ले एयर सोलुसन्स सम्मेलन समापन गरेको छ । गत शुक्रबार होटल एलफ्ट, काठमाडौंमा भएको यस सम्मेलनमा विभिन्न क्षेत्रबाट सम्मानित व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

एल.जी. ऐयर सोलुसन्स सम्मेलनमा एल.जी.का विभिन्न उपकरणहरुको बारेमा यस क्षेत्रका सम्बन्धित ब्यवसायमा रहेका ग्राहकहरुलाई यस ऐयर सोलुसन्स उपकरणको बारेमा जानकारी तथा यसका उपयोगिताका बारेमा जानकारी गराउने उद्देश्यका साथ यो सम्मेलन गरीएको थियो ।

यो सम्मेलन दुई सत्रमा विभिजित रहेको थियो, जस अन्तर्गत पहिलो सत्रमा एल.जी. इलेक्ट्रोनिक्सका प्रतिनिधि सियोन चोई, जेसन पोक र जुनो लिम ले एल.जी. ऐयर सोलुसन्सका विभिन्न उपकरणहरुको प्रस्तुति दिनुका साथै सि.जी. इलेकट्रोनिक्सका विवेक ज्ञवालीले एल.जी. ऐयर सोलुसन्सको नेपालमा पदचिन्ह र भावी योजनाको बारेमा प्रस्तुति गरेका थिए ।

यस कार्यक्रमको मुख्य आर्कषण एलजी विजनेश सोलुसन अन्तर्गत रहेको मल्टी भीआरएफ, एयर प्युरीफायर जस्ता विभिन्न सामाग्रीहरु थिए । एल.जी. ऐयर सोलुसन्स सम्मेलनको दोस्रो सत्रमा “ऊर्जा दक्षतामा प्रविधिको भुमिका” शिर्षकमा यस क्षेत्रका विभिन्न विशेषज्ञ माझ छलफल गरिएको थियो ।

उक्त सत्रमा चौधरी ग्रुपमा म्यानेजिङ डाईरेक्टर निर्वाण चौधरी, एच.भि.ए.सी. कन्सल्टेन्ट रविन्द्र नाथ भट्टराई, अल्र्टनेटिभ इनर्जी प्रोमोसन् सेन्टर का सहायक डाईरेक्टर शुभलक्ष्मी श्रेष्ठ, अरवन प्लानर अर्किटेक्ट विभुतीमान सिंह, एल.जी. कोरियाका सियोन चोई र काठमाडौ युनिर्भसिटीका सहायक प्रोफ्रेसर निरन्जन बास्टाकोटीले उक्त छलफलमा आ–आफ्नो अभिव्यक्ति राखेका थिए ।

दोस्रो सत्रको छलफललाई कोरियाका राजदुत महामहिम् पार्क चोङ सुक को विशेष उपस्थिति विच गरिएको थियो ।

चौधरी ग्रुपले एल.जी. सँग तीन दशक भन्दा बढी व्यवसायिक सहकार्य गर्दै आईरहेको र साथै विशेष रुपमा ऐयर सोलुसन्स व्यवसाय विगत एक दशकभन्दा बढी देखी पनि गर्दै आइरहेको जानकारी रहेको छ ।