तेस्रो उपाधिका लागि फ्रान्स र अर्जेन्टिना भिड्दै
वि.सं.२०७९ पुस ३ आइतवार १९:३१
shares

काठमाडौं, ३ पुस । कतारमा जारी विश्वकप फुटबल प्रतियोगिता आज सकिदै छ । एक महिना लामो प्रतियोगिताको अन्तिम खेल आज हुदै छ । ३२ टिम सहभागि प्रतियोगिताको फाइनलमा अर्जेन्टिना र फ्रान्स उपाधिका लागि भिड्दैछन् ।
उपाधिका लागि भिड्न लागेका दुवै टिम समूह चरणमा पराजित भएका छन् । नकआउट चरणमा भने उनीहरुले आफू अनुकुलको नतिजा निकाल्न सफल भए । फ्रान्स नकआउट चरणमा सबै खेल ९० मिनेट भित्रै जितेको छ भने अर्जेन्टिनाले भने नेदरल्याण्ड विरुद्धको खेल पेनाल्टीमा जितेको थियो । अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएशियालाई पराजित गरेको थियो भने फ्रान्सले मरोक्कोलाई पराजित गरेको थियो ।
यो विश्वकपको उपाधि पनि परम्परागत ८ वटा टिममध्ये एक टिमले जित्ने निश्चित भएको छ । यी दुई टिममध्ये जसले उपाधि जिते पनि उपाधि संख्या ३ पुर्याउने छन् । यस अघि दुवै टोलिले दुई–दुई पटक उपाधि जितेका छन् । फ्रान्सलाई भने यो पटक लगातार दोस्रोपटक उपाधि उचाल्ने मौका रहेको छ । यस अघि यस्तो उपलब्धी इलाटी र ब्राजिलले हासिल गरेका छन् ।

















