Dhulikhel Eco Banner new

अर्जेन्टिनाले उचाल्याे विश्वकप-२०२२ काे उपाधि

7.83K
shares

काठमाडौं, ३ पुस । कतारमा जारी विश्वकप फुटबल २०२२ काे उपाधि अर्जेन्टिनाले उचालेकाे छ । आइतबार राति भएको फाइनल खेलमा फ्रान्सलाई हराउदै अर्जेन्टिनाले उपाधि चुमेकाे हाे । खेलकाे पहिलो हाफमा २-० ले अर्जेन्टिना अगाडि थियोे । दाेस्राे हाफमा फ्रान्सले पेनाल्टी पायाे । पेनाल्टी पछि २-१ मा पुगेको खेलमा फ्रान्सका एम्बापेले दाेस्राे गाेल गर्दै खेललाई बराबरीमा लगे । निर्धारित ९० मिनेटमा बराबरी पछि थप ३० मिनेटको खेल भयाे । अर्जेन्टिनाले खेल ३-२ मा पुर्याएपनि केहीबेरमा फ्रान्सले गाेल फर्कायाे । खेल ३-३ काे बराबरीमा राेकिएपछि भएको पेनाल्टी सुट आउटमा फ्रान्सका २ खेलाडीले गाेल गर्न सकेनन् । याेसँगै अर्जेन्टिनाले ३ पटक विश्वकप उपाधि चुमेकाे छ ।