Dhulikhel Eco Banner new

युवालाई रोजगारी दिन विशेष योजना आउदैछ : सुरकृष्ण वैद्य

4.85K
shares

जाजरकोट, ११ पुस । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा स्थानीय विकास समितिका सभापति सुरकृष्ण वैद्यले संयौ युवाले रोजगारी पाउने गरी चाडै नयाँ काम हुन लागेको बताएका छन् ।

उनले देशभरका विभिन्न स्थानीय तहका युवाहरुलाई रोजगारी दिनेगरी ३ अर्बको काम हुन लागेको बताएका हुन् ।

सोमबार जाजरकोटको खलंगामा सुरु भएको महोत्सवको उल्घाटन शत्रमा बोल्दै युवाहरुलाई सक्षम र रोजगार दिलाउनका लागि सरकारले ३ अर्ब रकम खर्चने बताए ।

उद्योग वाणिज्य महासंघको मार्फत त्यस बजेटको काम हुने उनले बताए । कार्यक्रममा महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाल, पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठ, केन्द्रीय सदस्य अरुणराज सुमार्गी लगायत उपस्थित थिए ।