Dhulikhel Eco Banner new

शेयर बजारमा उछाल, आज ३ अर्बको कारोबार

5.64K
shares

काठमाडौं, १२ पुस । आज यो महिनाकै उच्च बिन्दुमा नेप्से परिसुचक पुगेको छ । नयाँ अर्थमन्त्री आएसंगै शेयर बजारमा नयाँ उत्साह आएको छ ।

मंगलबार नेप्से परिसुचक ५९ दशमलव ८७ अंकले बढेको छ । आज ३ दशमलव ११ प्रतिशतले बढेर नेप्से परिसुचक १९८३ दशमलव ९५ को विन्दुमा पुगेको हो ।

नेप्से परिसुचकसंगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १० दशमलव ६० अंकले बढेको छ । आज भएका ६३ हजार ६७ कारोबारबाट २६१ कम्पनीका १ करोड २० लाख २९ हजार ६ सय ३ कित्ता शेयर किनबेच भएका छन् ।

जसबाट आज भएको सम्पूर्ण कारोबार रकम ३ अर्ब ८८ करोड ४३ लाख ९६ हजार ९ सय ९७ पुगेको छ ।