नेप्से परिसुचक १८ अंकले बढ्यो, कारोबार ५ अर्ब नाघ्यो
वि.सं.२०७९ पुस २१ बिहीवार १५:१९
4.2K
shares
shares

काठमाडौं, २१ पुस । साताको अन्तिम कारोबारको दिन नेप्से परिसुचक १८ दशमलव ०९ अंकले वृद्धि भएको छ।
यो साता शेयर बजार पाँचै दिन उकालो लागेको हो । नेप्से परिुचक शुन्य लशमलव ८५ प्रतिशतले बढेर आज २१४३ दशमलव ९३ को विन्दुमा पुगेको छ ।
नेप्से परिसुचकसंगैै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ६१ अंकले वृद्धि भएको छ ।
आज दिनभर भएका ७१ हजार ८ सय १६ कारोबारबाट २५९ कम्पनीका १ करोड २५ लाख ८१ हजार ९ सय ८२ कित्ता शेयर किनबेच भएका छन् ।
जसबाट आज भएको सम्पूर्ण कारोबार रकम ५ अर्ब ४ करोड ७ लाख ४० हजार ९ सय ३७ पुगेको छ ।















