Dhulikhel Eco Banner new

लाभांश पारित गर्न नेको इन्स्योरेन्सले बोलायो साधारणसभा

5.15K
shares

काठमाडौं, २२ पुस । नेको इन्स्योरेन्स लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न माघ १५ गते वार्षिक साधारणसभा आवहान गरेको छ । इन्स्योरेन्सले लिसारा रिसेप्सन, नक्साल, काठमाडौँमा बिहान ११ बजे सो सभा बोलाएको हो ।

सो सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले माघ ३ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार माघ २ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।