Dhulikhel Eco Banner new

भत्ता नपाएको भन्दै ज्येष्ठ नागरिकले जलाए मेयर र उपमेयरको पुत्ला

12.08K
shares

जनकपुरधाम, २८ पुस । धनुषाको नगराइन नगरपालिकाका ज्येष्ठ नागरिकहरू आन्दोलित भएका छन् ।

ज्येष्ठ नागरिकहरूले बुधबार नगरप्रमुख विनय यादव र उपप्रमुख राधादेवी यादवको पुत्लासमेत जलाएका छन् ।

नेपाल सरकारद्वारा ज्येष्ठ नागरिकहरूलाई प्रदान गरिने सामाजिक सुरक्षा भत्ता नगरपालिकाले ६/७ महिनादेखि उपलब्ध नगराएकोले उनीहरू बाध्य भएर आन्दोलित भएका हुन् ।

स्थानीय भोला दासको अध्यक्षतामा ज्येष्ठ नागरिक संघर्ष समिति गठन गरी पुस २४ गते आइतबारेदेखि ज्येष्ठ नागरिकहरू आन्दोलित भएका छन् ।

संघर्ष समितिले ज्येष्ठ नागरिकहरूलाई प्रदान गरिने सामाजिक सुरक्षा भत्ता नगराइन नगरपालिकाले अझै उपलब्ध नगराएकोले बाध्य भएर आन्दोलनमा उत्रेको समितिका उपाध्यक्ष जागेश्वर सादाले बताए ।

ज्येष्ठ नागरिकहरू ९ सदस्यीय ज्येष्ठ नागरिक संघर्ष समिति गठन गरी आन्दोलित बनेका छन् ।