Dhulikhel Eco Banner new

१५ दिनभित्र खाल्डाखुल्डी पुरिन्छ, काम नगर्ने छुट छैन – उपप्रधानमन्त्री श्रेष्ठ (फोटोफिचरसहित)

5.88K
shares

काठमाडौं, २९ पुस । बिहीबार विहानै उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ अनुगमनमा निस्किए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नेतृत्वमा रहेका उपप्रधानमन्त्रीले लाजिम्पाट, सोह्रखुट्टे, जावलाखेल लगायतका क्षेत्र डुले ।

उनले सडकका खाल्डाखुल्डी हेरे । उपप्रधानमन्त्रीसँगै मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, मेलम्ची खानेपानी आयोजनाका हाकिमहरु पनि थिए । काठमाडौंका सडकहरु खाल्डाखुल्डी भइरहनुमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमात्रै जिम्बेवार छैन । कहिले ढलले खाँडल खन्ने त कहिले खानेपानी कार्यालयलले खनेर त्यतिकै छाड्दा समस्या हुने गरेको छ ।

अनुगमन पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपप्रधानमन्त्री श्रेष्ठले अन्तर मन्त्रालयको समन्वयको अभावमा पनि समस्या हुने गरेको विषयमा आफू जानकार रहेको सुनाए । का मगर्न सहज होस् भनेर पनि खोपानी कार्यालयको टोलि मन्त्रीसँगै हिडेको थियो । सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले १५ दिनभित्रमा खाल्डाखुल्डी पुरिने बताए ।

मन्त्रीले निर्देशन दिने तर कार्यान्वयन नहुने समस्या बढ्दो छ । ‘मन्त्रीज्यूले अनुगमन गर्नु भएको कति दिनमा खाल्डाखुल्डी पुरिन्छन् ?’ भन्ने केटिएम भ्वाइसको जिज्ञासामा मन्त्री श्रेष्ठले भने, ‘मैले सचिव ज्यू, महानिर्देशक ज्यू र यससँग जोडिने अन्य कार्यालयको प्रमुखलाई पनि भनेको छु, १५ दिनमा खाल्डाखुल्डी पुरिनु पर्छ ।’

प्रधानमन्त्री प्रचण्डका घरबेटी शारदा अधिकारी नै ठेकेदार हुन् । अधिकारीको कम्पनीले ठेक्का पाएका सडकहरु निर्माणको अवस्थाका बारेमा समेत उपप्रधानमन्त्री श्रेष्ठलाई सञ्चारकर्मीहरुले जिज्ञासा राखेका थिए । कामका विषयमा घरवेटी वा अन्य नातेदार कोही नहुने भन्दै उपप्रधानमन्त्री श्रेष्ठले कामको जिम्मा लिएर काम नगर्ने छुट कसैलाई नहुने बताए ।

प्रधानमन्त्रीको नाम अनावश्यक रुपमा नजोड्न समेत उनले आग्रह गरेका छन् ।‘प्रधानमन्त्रीले नै स्पष्ट रुपमा भनिसक्नु भएको छ, काम नगर्ने छुट कसैलाई छैन’ उनले भने, ‘हामी काम हुनुपर्छ भन्ने पक्षमा छौँ, यो या त्यो बहानामा काम नगर्ने छुट हुँदैन ।’