GBIME

सरकारले प्रेमप्रसाद आचार्यले उठाएका कुरामा छानबिन गर्ने

1.01K
shares

काठमाडौं, ११ माघ । सरकारले आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले यसबारे छानबिन गर्न गृह मन्त्रालयलाई जिम्मा दिएको छ । ‘उहाँले उठान गरेको विषय अध्ययन गरेर गृह मन्त्रालयले छानबिन गर्ने र सत्य तथ्य बाहिर आएपछि सरकारले आवश्यक कदम चाल्ने निर्णय भएको छ’  गृहमन्त्री रवि लामिछानेले भने  ।उनले गृह मन्त्रालयले छानबिनको काम आज नै अघि बढाउने पनि बताए ।

आचार्यले मंगलबार नयाँ बानेश्वरमा आफ्नै शरीरमा आगो लगाएका थिए । उनको उपचारका क्रममा बुधबार विहान मृत्यु भएको थियो । उनले मृत्यु हुनुअघि फेसबुकमा लामो स्टाटस लेख्दै केही विषयमा छानबिन गर्नुपर्ने बताएका थिए । सरकारले सोही विषयमा छानबिन गर्न लागेको हो ।