यो साता शेयर बजारमा सामान्य वृद्धि, अर्को साता के होला ?
वि.सं.२०७९ माघ १४ शनिवार ११:१०
shares

काठमाडौं, १४ माघ । यो सातामा शेयर बजारमा सामान्य अंकको वृद्धि भएको छ । यो साता नेप्से परिसुचक ४ दशमलव ४० अंकले उकालो लागेको हो । गत साताको तुलनामा यो साता नेप्से शुन्य दशमलव २० प्रतिशतले वृद्धि भएको छ ।
गत साता २१७८.८१ विन्दुमा बन्द भएको नेप्से यस बढेर २१८३.२१ विन्दुमा पुगेर बन्द भएको हो । सातामा जम्मा ४ कारोबार खुलेको शेयर बजारमा, २ कारोबार दिन नेप्से उकालो लागेको थियो भने दुई दिन ओरालो लागेको थियो ।
यस साता सेन्सेटिभ इण्डेक्स १.९१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.२० अंक बढेको छ। त्यस्तै, सेन्सेटिभ फ्लोट इण्डेक्स यस साता ०.७५ अंक घटेको छ ।
यस साता दैनिक औषतमा ३ अर्ब ३० करोडको शेयर खरिदबिक्री भएको छ । यो गत साताको दैनिक औषत कारोबार रकमको तुलनामा १५.४१ प्रतिशत कम हो। गत साता नेप्सेमा दैनिक औषतमा ३ अर्ब ९० करोडको शेयर खरिदबिक्री भएको थियो ।
यस साता दैनिक औषत शेयर संख्या १८.४५ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या १३.९७ प्रतिशत कम हो ।
यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि सामान्य बढेको छ। गत साता ३१ खर्ब ४५ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ०.१५ प्रतिशत अर्थात ४ अर्ब रुपैयाँ बढेर ३१ खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ ।


















