ऐजुकेशन एण्ड माइग्रेसन कर्नरले शैक्षिक मेला आयोजना गर्ने
वि.सं.२०७९ माघ १९ बिहीवार १०:२४
shares

काठमाडौं, १९ माघ । लामो समयदेखी शैक्षिक क्षेत्रमा आबद्दता जनाउंदै र बिध्यार्थीहरूको बिश्वास जित्दै आएको ऐजुकेशन एण्ड माइग्रेसन कर्नरले बृहत शैक्षिक मेलाको आयोजना गर्ने भएको छ ।
कर्नरका निर्देशक सुनिल उप्रेतीले मेला उच्च शिक्षा आर्जन गर्न अमेरिका, क्यानडा, अष्ट्रेलिया र यूके जान चाहने बिध्यार्थीहरूका लागि फलदायी हुने जानकारी दिएका छन ।
उप्रेतीका अनुसार शैक्षिक मेला फ्रेबुअरी ६ देखी शुरू हुने छ । उनले भने –‘ फ्रेबुअरी ६ तारेखका दिन काठमाण्डौको पुतली सडक शंकरदेब कलेजसंगै रहेको कर्नरको केन्द्रीय कार्यालयमा आयोजना हुने छ ।
यसैगरी फ्रेबुअरी ८ मा इटहरी , ९ मा दमक ,१० मा बिर्तामोड, १२ मा चितवन र १६ तारेखका दिन बुटवलमा हामी बिधार्थीहरूमांझ शैक्षिक परामर्श दिन आउंदै छौं –‘ ।
शैक्षिक मेलामा बिध्यार्थीहरूले बिभिन्न देशका यूनिभर्सिटीसंग आबद्द शैक्षिक परामर्शदाताहरूबाट प्रत्यक्ष रूपमा जानकारी पाउंन सक्ने कुरा बताइएको छ ।
यसैबीच शैक्षिक मेलामा सहभागिता जनाउने बिध्यार्थीहरूलाई ऐजुकेशन एण्ड माइग्रेसन कर्नरले आइ एल एस र पि टि इ कक्षाको निशुल्क अध्ययन गराउने जानकारी कर्नरका नितेश उप्रेतीले गराएका छन ।
कर्नरको यो सोच र योजनालाई यतिबेला बिध्यार्थीहरूले सकारात्मक रूपमा लिएको पाईएको छ । मेला अबधिभर ऐजुकेशन एण्ड माइग्रेसन कर्नरले बिध्यार्थीहरूका लागि आकर्षक पुरस्कारको पनि ब्यबस्था गरेको छ ।

















