अर्थतन्त्रको समस्या अस्थिर सरकार र राष्ट्र बैकको गलत मौद्रिक नीतिको कारणले हो : दिपक मलहोत्रा
वि.सं.२०७९ माघ २९ आइतवार १०:१०
shares

काठमाडौं, २८ माघ । नेपाल चेम्बर अफ कर्मसका उपाध्यक्ष दीपक मलहोत्राले देशको अर्थतन्त्रमा देखा परेको अहिलेको समस्या आर्थिक मन्दीको कारणले नभएर अस्थिर सररकार र राष्ट्रबैकको गलत मौद्रिक नीतिको कारण सृजना भएको आरोप लगाउनु भएको छ ।
जिल्ला उद्योग बाणिज्य संघ उदयपुरको प्रथम साधरणसभा तथा अधिवेशनलाई शनिबार उदयपुर सदरमुकाम गाईघाटमा सम्बोधन गर्दै उपाध्यक्ष मलहोत्राले उक्त कुरा बताएका हुन् ।
कार्यक्रममा विशेष अथितिको रुपमा बोल्दै मलहोत्राले नेपालको अर्थतन्त्रलाई विदेशको कुनै पनि मन्दीको प्रभाव नपर्ने र नपरेको तर हाम्रो आफ्नै आन्तरिक निती र अस्थिर सरकारको कारणले यो अवस्था सृजना भएको ठोकुवा गरे ।
बैकले अहिले बृद्धि गरेको ब्याजदर तिरेर कुनै व्यवसायीले ऋण तिर्न नसक्ने बताउदै उपाध्यक्ष मलहोत्राले बैकहरुले आफ्नो ब्याज दर बृद्धि गर्ने निणर्य फिर्ता नलिए स्थिती अझ भयावह हुने चेतावनी दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नम्बर १ का सडक पूर्वाधार तथा सहरी विकास मन्त्री दुर्गा प्रसाद चापागाईले कृषी, प्रर्यटन र जलविद्युतको क्षेत्रमा लगानी गरेर प्रदेश नम्बर १ लाई आत्मनिर्भर बनाउने बताएका छन् ।
बर्तमान सरकार कृषी पर्यटन र जलविद्युतमा निजी क्षेत्रलाई लगानी गर्ने बतावरण बनाउन आवश्यक कानुन र पूर्वाधार तयार गर्न तयार रहेकोले ढुक्क सगँ लगानी गर्न समग्र उद्योगी व्यवासायीलाई अनुरोध गरे ।
कार्यक्रममा उदयपुर जिल्लाबाट निर्वाचित प्रदेश सांसदहरु राजन किराती, नारायण बुजा, सम्झना पाख्रिन, गीतादेवी रेग्मीलाई सम्मान गरिएको थियो ।
जिल्ला उद्योग बाणिज्य संघको अधिवेशन दूई दिनसम्म संचालन हुने र आगामी ३ बर्षको लागि नयाँ कार्यसमिति चयन हुने आयोजना समितिका अध्यक्ष चुडामणी कार्कीले बताए ।


















