GBIME

सानिमा जिआईसी इन्स्योरेन्सले कमायो ११ करोड ७४ लाख नाफा 

1K
shares

काठमाडौं, २० माघ । साविक सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स मर्ज भई बनेको सानिमा जिआईसी इन्स्योरेन्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म गत वर्षभन्दा १०२ दशमलव २८ प्रतिशत बढी खुद नाफा गरेको छ ।

गत वर्ष यस अवधिसम्म रू. ५ करोड ८० लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. ११ करोड ७४ लाखभन्दा बढी खुद नाफा आर्जन गरेको हो ।

यस वर्ष कम्पनीको आम्दानी १०१ प्रतिशत बढी रू. १९ करोड ९८ लाखभन्दा बढी भएको छ । खर्च रकम पनि गत वर्षभन्दा वृद्धि भएको छ । गत वर्ष रू. ४ करोड १३ लाखभन्दा बढी खर्च गरेको कम्पनीले यस वर्ष रू. ८ करोड २४ लाखभन्दा बढी खर्च गरेको छ ।

गत वर्षभन्दा यस वर्ष कुल बीमा शुल्क आर्जन करीब ६३ प्रतिशत बढी भएको छ । गत वर्ष रू. ४६ करोड ११ लाखभन्दा बढी कुल बीमा शुल्क आर्जन गरेको कम्पनीले यस वर्ष रू. ७५ करोड १४ लाखभन्दा बढी कुल बीमा शुुल्क आर्जन गरेको हो ।

कुल दाबी भुक्तानी रकम गत वर्षभन्दा यस वर्ष २७७ प्रतिशत बढेको छ । गत वर्ष रू. ९ करोड ६० लाखभन्दा बढी कुल दाबी भुक्तानी गरेको कम्पनीले रू. ३६ करोड १९ लाखभन्दा बढी कुल दाबी भुक्तानी गरेको हो । मर्जरपछि कम्पनीको चुक्तापूँजी रू. २ अर्ब पुगेको छ ।

जगेडा कोष रकम पनि १३५ दशमलव ४९ प्रतिशत बढी रू. २६ करोड ३२ लाखभन्दा बढी कायम भएको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. ११ दशमलव ७५ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १३१ दशमलव ८७ रहेको छ ।