Dhulikhel Eco Banner new

शेयर बजार घट्ने क्रम जारी, आज २१ अंकको गिरावट

5.38K
shares

काठमाडौं, ४ फागुन । साताको अन्तिम कारोबारको दिन नेप्से परिसुचक २१ दशमलव १५ अंकले ओरालो लागेको छ । यो साता शेयर बजार ओरालो गतिमा मात्रै देखिएको छ ।

बिहिबार नेप्से परिसुचक १ प्रतिशतले घटेर २०७० दशमलव ४१ को विन्दुमा पुगेको हो ।
नेप्से परिसुचकसंगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ७० अंकले ओरालो लागेको छ ।

आज दिनभर भएका ३५ हजार ७९ कारोबारट २५६ कम्पनीका ४७ लाख ४७ हजार ५ सय ६७ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज भएको सम्पूर्ण कारोबार रकम १ अर्ब ६८ करोड ४९ लाख ४२ हजार ९६ पुगेको छ ।