नेवा आइडलका शिर्ष १० प्रतिस्पर्धी छनोट
वि.सं.२०७९ फागुन ५ शुक्रवार १७:१९
shares

काठमाडौं, ५ फागुन । पहिलो संस्करणको नेवा आईडलको शीर्ष १० प्रतिस्पर्धी छनोट गरिएको छ । शुक्रबार काठमाडौंको नाचघरमा आयोजना गरिएको कार्यक्रमबाट शिर्ष १० जनालाई अर्को चरणका लागी छनोट गरिएको हो ।
नेपाल खड्गी सेवा समितिले आयोजना गरेको प्रतियोगितामा १५ जनाबाट शीर्ष १० जनालाई छनोट गरिएको समितिका कार्यकारी अध्यक्ष मनोज खड्गीले जानकारी दिए ।

खड्गीका अनुसार नेपाल भाषा मन्का खलः मा नेपाल भाषालाई अगाडि बढाउनका लागी विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । सुरुवातको समयमा समितिले ¥यालीको आयोजना गर्ने गरेको भए पनि पहिलो पटक कला संस्कृतिको जर्गेना गर्नका लागि नेवा आईडलको आयोजना गरिएको उनको भनाइ छ ।
गीत संगितको माध्यमबाट नेपाल भाषाको प्रचार प्रसार र जगर्ने गर्नका लागि कार्यक्रमको आयोजना गरिएको समितिका अध्यक्ष रन्जिता खड्गीले बताइन । यस अघि नै कार्यक्रम गर्ने योजना रहेको भए पनि कोरोनाका कारण कार्यक्रम आयोजना गर्न नसकिएको अध्यक्ष खड्गीको भनाइ छ । आइडलका निर्णायक निशा देशारले पनि यस्ता कार्यक्रमलहरुले भाषा र संस्कृतिको जर्गेना गर्नमा महत्वपूर्ण भूमिका खेल्ने बताउँछिन् । उनका अनुसार यस्तो कार्यक्रम नेपाल भाषामा पहिलो पटक आयोजना गरिएको हो ।

लुकेका प्रतिभाहरुलाई अगाडि बढ्नका लागि यस्ता कार्यक्रममा निकै सहयोग पु¥याउने अर्का निर्णयक सतिस महर्जनको भनाइ छ । यस्ता कार्यक्रमहरुलाई निरन्तर्ता दिनु पर्ने उनको भनाइ छ ।



















