सन्दिप लामिछानेका कारण देशकै बेइज्जत !
वि.सं.२०७९ फागुन ५ शुक्रवार १७:१९
shares

काठमाडौं, ५ फागुन । शुक्रबार टियू क्रिकेट मैदानमा एउटा नरमाइलो दृश्य देखियो । स्कटल्याण्डका खेलाडीले क्रिकेटर सन्दीप लामिछानेसँग हात मिलाउन अस्वीकार गरे । यो दृश्यले अहिले धेरैलाई नरमाइलो बनाइदिएको छ ।
स्कटल्याण्डलाई ३ विकेटले हराए पछि नेपाली टिमको वाहीवाही भइरहेको छ । सन्दिपले स्कटल्याण्डविरुद्धको खेलमा निकै राम्रो प्रदर्शन गरे । खेल नेपालको पक्षमा आयो । क्रिकेटमा खेल सकिएपछि दुवै टिमका खेलाडीबीच हात मिलाएर भातृत्व आदानप्रदान गर्ने प्रचलन छ ।
खेल सकिएपछि स्कटल्याण्डका खेलाडीले नेपालका अन्य खेलाडीसँग हात मिलाए तर लामिछानेसँग भने मिलाएनन् । यो घटनापछि कतिपयले सन्दिप लामिछानेका कारण देशकै बेइज्जत भएको बताइरहेका छन् भने कतिपयले सन्दिप निर्दोश रहेको तर्क गरिरहेका छन् ।
सन्दीप लामिछानेमाथि नाबालिग बलात्कारको आरोप छ । अदालतबाट धरौटीमा छुटेका अभियुक्तलाई राष्ट्रिय टिममा राखेको भन्दै कतिपयले आलोचना गरेका छन् । नेपाल टिममा लाइनको अन्तिममा रहेका सन्दीपसँग स्कटिस खेलाडीले हात मिलाउन अस्वीकार गरे पछि अवस्था फरक बन्यो । कानूनी राज्यमा कानूनको पालना हुनुपर्छ । राष्ट्रका लागि सन्दिपको योगदान निकै महत्वपूर्ण छ । तर राष्ट्रका लागि योगदान दिएका कारण वा सेलिब्रेटी भएका कारण अपराध लुकाउन भने हुँदैन ।



















