१० खेलाडीमा सीमित भए पनि अमेरिकाको सहज जित, अन्तिम १६ मा प्रवेश
वि.सं.२०८३ असार १८ बिहीवार ०८:५६
shares
United States' Folarin Balogun (20) plays at the ball during the World Cup round of 32 soccer match between the United States and Bosnia in Santa Clara, Calif., near San Francisco, Wednesday, July 1, 2026. (AP Photo/Julio Cortez)
सान फ्रान्सिस्को — सहआयोजक अमेरिकाले १० खेलाडीमा सीमित भएर पनि बोस्निया एन्ड हर्जगोभिनालाई २–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ ।
बिहीबार बिहान सान फ्रान्सिस्को बे एरिया स्टेडियममा भएको अन्तिम ३२ को खेलमा फोलारिन बालोगुन र मलिक टिलम्यानले एक–एक गोल गर्दै अमेरिकालाई जित दिलाएका हुन् ।
पहिलो हाफको इन्जुरी समयमा बालोगुनले गोल गर्दै अमेरिकालाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा ६४औं मिनेटमा रातो कार्ड पाएपछि अमेरिका १० खेलाडीमा सीमित बनेको थियो ।
संख्यात्मक रूपमा कमजोर भए पनि घरेलु टोलीले खेलमा नियन्त्रण कायम राख्यो । ८२औं मिनेटमा मलिक टिलम्यानले डिबक्स बाहिरबाट गरेको सशक्त फ्रिकिक सिधै गोलमा परिणत गर्दै अग्रता दोब्बर बनाए ।
त्यसपछि बोस्नियाले खेलमा फर्किने प्रयास गरे पनि अमेरिकी रक्षापङ्क्ति र गोलरक्षकको उत्कृष्ट प्रदर्शनका कारण गोल गर्न सकेन । अन्ततः अमेरिका २–० को जित निकाल्दै क्वार्टरफाइनल प्रवेशका लागि बेल्जियमसँगको भेट पक्का गरेको छ ।
यस जितसँगै फिफा विश्वकप २०२६ का तीनै सहआयोजक राष्ट्र अमेरिका, मेक्सिको र क्यानडा अन्तिम १६ मा प्रवेश गरेका छन् ।



















