Dhulikhel Eco Banner new

कालीमाटी बजारमा तरकारी र फलफूलको नयाँ थोक मूल्य सार्वजनिक

793
shares

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको नयाँ अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिले बजार आपूर्ति र मागअनुसार दैनिक उपभोग्य वस्तुहरूको मूल्य अद्यावधिक गरेको जनाएको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो प्रतिकिलो रु ५०, सानो लोकल रु २० र टनेल उत्पादन रु ३० तोकिएको छ । आलु रातो प्रतिकिलो रु ३० देखि ४१ सम्म र प्याज सुकेको (भारतीय) रु ५५ कायम गरिएको छ ।

तरकारीतर्फ गाजर रु १००, बन्दा रु ६५, काउली रु ७० तथा विभिन्न सागसब्जी र कोसेबाली रु ३० देखि रु १५० सम्म निर्धारण गरिएको छ ।

फलफूलमा स्याउ प्रतिकिलो रु ३००, केरा दर्जन रु २००–२५०, अनार रु ४५० र आँप रु ११०–१२० तोकिएको छ । त्यस्तै च्याउ, खुर्सानी, लसुन, अदुवा तथा माछासमेतको मूल्य किसिमअनुसार फरक–फरक रहेको समितिले जनाएको छ ।