Dhulikhel Eco Banner new

दीपेन्द्र र कुशलको अर्धशतकमा नेपालको जित, स्कटल्याण्ड ३ विकेटले पराजित

5.5K
shares

काठमाडौं, ५ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिज अन्तर्गत स्कटल्याण्ड विरुद्धको खेलमा नेपालले रोमाञ्चक जित निकालेको छ । स्कटल्याण्ड विरुद्धको खेलमा नेपालले ३ विकेटको रोमाञ्चक जित निकालेको हो । स्कटल्याण्डले दिएको २७५ रनको लक्ष्य नेपालले ४७ ओभरमा ७ विकेट गुमाएर पुरा गर्‍यो ।

नेपालको जितमा दीपेन्द्र सिंह ऐरीले अविजित ८५ रनको योगदान दिए । त्यस्तै कुशल मल्लले पनि ८१ रनको योगदान दिए । निकै खराब सुरुवात गरेको नेपालका लागि ऐरी र मल्लले शतकिय साझेदारी गरेका थिए । त्यस्तै सोमपाल कामीले पनि २४ रनको योगदान दिए । स्कटल्याण्डका लागि क्रिस सोल र मार्क वाटले ३/३ विकेट लिए । पहिलो खेलमा जित नामिवियालाई पराजित गरेको नेपालले दोस्रो खेलमा पनि जित निकाल्दै एक दिवसिय मान्यता कायम राख्ने सम्भावना समेत जिवितै राखेको छ ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डलले ५० ओभरमा ९ विकेट गुमाएर २७४ रनको योगफल खडा गरेको थियो । निकै खराब सुरुवात गरेको स्कटल्याण्डका माईकल लिग्सले सानदार शतक प्रहार प्रहार गरेपछि उसले प्रतिपस्र्धात्मक योगफल खडा गरेको थियो । उनले ८५ बलमा १०७ रनको पारी खेले ।

त्यस्तै ज्याक जार्किभले २६ रन बनाए । ब्राण्डन म्याकमुलान र क्रिटोफर म्याकमुलनले समान २२/२२ तथा टोमस म्याकिन्टोस र मार्क वाटले २० रन बनाए । कप्तान रिचि बेरिङ्गटनले समान १९/१९ रन बनाए । क्रिस ग्रेभले १६ रन बनाए । कुनै समय १११ रनमा ६ विकेट गुमाएको स्कटल्याण्डले त्यस पछि भने सम्मालिएर खेलेको थियो ।

नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए । त्यस्तै कुशल मल्लले २ विकेट लिदाँ सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेतलले समान १/१ विकेट लिए ।