ग्यालेक्सी हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
वि.सं.२०७९ फागुन ९ मंगलवार १६:२२
shares

काठमाडौं, ९ फागुन । ग्यालेक्सी हस्पिटल प्रालिले पोखरा महानगरपालिका वडा नम्बर ३३ बागमारामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । पोखराको उत्तमचोकमा रहेको हस्पिटलले बगरमा रहेको सरस्वती टीका माध्यामिक विद्यालयमा शिविर सम्पन्न भएको हो ।
बृहत निशुल्क स्वास्थ्य शिविरमा हाड जोर्नी तथा नसारोग, प्रसुति तथा स्त्री रोग, सामान्य चिकित्सा, बालरोग, नाक, कान, घाँटी, आँखा लगायत रोगका बिशेषज्ञ डाक्टरहरुले सेवा प्रदान गरेका थिए । शिविरमा ५८५ जनालाई सेवा दिइएको थियो । साथै उनीहरुलाई औषधी समेत बितरण गरिएको अस्पतालका अध्यक्ष डा हेमन्तकुमार मानन्धरले जानकारी दिए ।

उक्त शिविरमा डा.हेमन्तकुमार मानन्धर, डा.कल्याण बराल, डा.प्रेमराज पंगेनी, डा. सृजना शर्मा, डा.सुरज बराल, डा.शुरेश परियार, डा.रोजिना पौडेल, डा.बिक्रमबाबु कार्की, डा.अन्जिता हिराचन, डा.सुमन पराजुली लगायतले बिरामीलाई निशुल्क चेकजाच, स्वास्थ्य परामर्श तथा औषधी वितरण गरिएको र लक्षित समुहमा सेवा उपलब्ध गराउन सकिएको ग्यालेक्सी हस्पिटलका प्रबन्ध निर्देशक दिपेन थापाले बताए ।
सो अवसरमा १६० जनाको निशुल्क सुगर तथा युरिक एसिड जाँच र १२० जनाको भिडियो एक्सरे समेत गरिएको थियो । आबश्यकता अनुसार बिरामीलाई १ हप्ता देखी ३ महिनासम्मको लागि निशुल्क औषधि वितरण गरिएको छ । अस्पतालका संचालक महेश सिग्देलले उक्त कार्यक्रम पोखरा मनपा वडा नं ३३ का अध्यक्ष रामचन्द्र पराजुली, विधालय व्यवस्थापन समिति, प्रधानाध्यापक, विधालय परिवार, आमा समुह, युवा कलव, टोल विकास समितिको समन्वयमा गरिएको जानकारी गराउदै शिविरमा सर्मपित सम्पर्ण स्वास्थ्यकर्मीहरुलाई धन्यवाद ज्ञापन गरे ।
२४ घण्टा बिशेषज्ञ स्वास्थ्य सेवा दिईरहेको हस्पिटलले अनुभवी तथा दक्ष चिकित्सकबाट अत्याधुनिक स्वास्थ्य प्रविधिको प्रयोग गर्दै पोखरा १० उत्तम चोकबाट सबै प्रकारका रोगको उपचार सहितका स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । त्यस्तै प्रत्यक हप्ताको सोमवार निःशल्क हाड जोर्नी तथा नसारोगको किल्निक संचालन गरिरहेको छ ।
यस हस्पिटलले नेपाल सरकार श्रम, रोजगार तथा सामाजीक सुरक्षा मन्त्रालय अन्तरगतको सामाजीक सुरक्षा कोष कार्यक्रममा आवद्ध हुने सम्पुर्ण सदस्यहरुलाई सहुलियत दरको मात्र २० प्रतिशत शुल्कमा र उक्त कोषका सदस्यहरुको दुर्घटना भई चोट पटक लागेमा सत प्रतिशत निशुल्क सहित स्वास्थ्य उपचार तथा परार्मश सेवा उपलब्ध गराई रहेको ग्यालेक्सी हस्पिटलका मेडिकल सुपरिटेन्डेन्ट डा ऋषीराम ढकालले बताए ।















