Dhulikhel Eco Banner new

स्कटल्याण्डविरुद्ध नेपालको खराब सुरुवात

5.47K
shares

काठमाडौं, ९ फागुन । आईसीसी विश्वकप लिग दुई अन्तर्गतको त्रिदेशीय एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा स्कटल्याण्ड विरुद्धको खेलमा नेपालले खराव सुरुवात गरेको छ । स्कटल्याण्डले दिएको २१३ रनको लक्ष्य सहित जबाफि ब्याटिङ गरेको नेपालले आफ्ना ओपनरहरुलाई सस्तैमा गुमाएको हो ।

ओपनर कुशल भुर्तेले १ र आसिफ शेख १२ रनमा आउट भए । ७ ओभरको खेल सकिदा नेपालले २ विकेट गुमाएर १९ रन बनाएर खेलिरहेको छ । अहिले क्रिजमा कप्तान रोहित पौडेल तथा पूर्व कप्तान ज्ञानेन्द्र मल्ल रहेका छन् ।