लाभांश पारित गर्न स्वाभिमान लघुवित्तले बोलायो साधारणसभा
वि.सं.२०७९ फागुन १७ बुधवार १०:३९
shares

काठमाडौं, १७ फागुन । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत ११ गते साधारणसभा गर्ने भएको छ । उक्त सभा शनिबार डार्सिज इन्टरनेशनल होटल, बुटवल, रुपन्देहीमा बिहान ११ बजे शुरु हुनेछ ।
सभाले हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
यसका साथै अन्य लघुवित्त संस्था मर्ज अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, रिक्त सञ्चालक पदमा भएको मनोनयनको अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले चेत ३ गते बुकक्लोज गर्ने भएको छ । यस अनुसार चैत २ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।















