Dhulikhel Eco Banner new

माई खोला हाइड्रोपावरको आाईपीओ खुल्यो

7.63K
shares

काठमाडौं, २५ फागुन । माई खोला हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन खुला भएको छ । कम्पनीले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ खुला गरेको हो ।

कम्पनीले चुक्ता पुँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँको १० प्रतिशत आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि र १० प्रतिशत वैदेशिक रोजगारीमा गएकाहरुका लागि बिक्री खुला गरेको हो । जस अनुसार आयोजना प्रभावित क्षेत्र इलाका जिल्लामा बसोबास गर्नेहरुका लागि ३ लाख ९२ हजार १५७ कित्ता निष्काशन गरेको छ । त्यस्तै वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि कम्पनीले १ लाख ५२ हजार ९४१ कित्ता शेयर बिक्री खुला गरेको हो ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा गएकाहरुका लागि चैच ९ गेतसम्म आवेदन खुल्ला रहेने छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।