Dhulikhel Eco Banner new

३ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

6.28K
shares

काठमाडौं, २५ फागुन । आज ३ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । साधारणसभा प्रयोजनको लागि साल्ट ट्रेडिङ लिमिटेडले फागुन २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

यस्तै फागुन २८ गते बुक क्लोज गर्ने निर्णय गरेका साना किसान लघुवित्त र शांग्रिला डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज फागुन २५ गते अन्तिम दिन हो ।

साल्ट ट्रेडिङले चैत्र १० गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ ।

साना किसान लघुवित्तले चैत्र १० गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले २६ प्रतिशत बोनस शेयर र १.३६८४ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ ।

शंग्रिला डेभलपमेन्टले चैत्र १७ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले ८.५३४ प्रतिशत बोनस शेयर र ०.४४९ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ ।