Dhulikhel Eco Banner new

‘बैंक रहे निक्षेपकर्ता रहन्छ, बैंक चले उद्योग व्यवसाय चल्छ’

13.7K
shares

काठमाडौं, १ चैत । नेशनल एकेडेमी फर फाइनान्सियल सर्भिसेस प्रालिले बैंक रहे निक्षेपकर्ता रहने र निक्षेपकर्ता रहे बैंक रहने भन्दै बैंकप्रति विश्वास गर्न अनुरोध गरेको छ । पछिल्लो समय आन्दोलनमा रहेका व्यक्ति र व्यवसायीको आन्दोलनमा बैंकमा नगद जम्मा नगर्न सार्वजनिक सूचना जारी गरेपछि एकेडेमिले यस्तो आग्रह गरेको हो ।

निक्षेपकर्ता आत्तिएर पैसा निकाल्दा अमेरिकाको सिलिकन भ्यालि बैंक डुवेको भन्दै निक्षेपकर्तालाई धर्यता राख्न पनि आग्रह गरिएको छ । ‘निक्षेपकर्ता आत्तिएर नगद निकाल्दा एक दिन मै अमेरीकाको सिलिकन भ्याली बैंक डुब्यो । बैंक डुबाउन खोज्ने स्वार्थी समूहको पछि नलागौं । यो संकटमा बैंकहरूसँग सुविधा र राहत खोजौँ । बैंक र आफुलाई पनि बचाउने तिर लागौँ, सूचनामा भनिएको छ ।

बैंक तथा वित्तीय संस्था विरुद्धको आन्दोलनमा रहेका व्यक्ति तथा व्यवसायीहरुले बैंकमा निक्षेप जम्मा नगरौँ भन्ने सम्मको अभियान चलाइरहेको समयमा एकेडेमिले बैंकमा भरोसा गर्न आग्रह गरेका हो । उद्योग वाणिज्य महासंघमा आवद्ध ३२ वटा वस्तुगत संघले ‘बैंकमा नगद जम्मा नगरौँ, बैंकको चर्को ब्याज र ज्यादती विरुद्धको आन्दोलनलाई सहयोग गरौँ,’ भन्ने नाराका साथ बैंक तथा वित्तीय क्षेत्र विरुद्ध आन्दोलनमा रहेका छन् ।