Dhulikhel Eco Banner new

ज्योत्सनाले किन छाडिन् अन्जनको टिम ?

6.63K
shares

काठमाडौं, १९ चैत । नेपाल उद्योग वाणिज्य महासंघको चुनावको सरगर्मी निकै बढेको छ । महासंघको वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्थाका कारण अहिले सो पदका लागि महासंघका नेताहरु निकै दौडधुपमा रहेका छन् ।

अहिलेसम्म महासंघको वरिष्ठ उपाध्यक्षका लागि दुई जनाले उम्मेदवार बन्ने घोषणा गरिरहेका छन् । पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठ र बहालवाला उपाध्यक्ष अन्जन श्रेष्ठले टिम नै बनाएर चुनावी प्रचारलाई अघि बढाइरहेका छन् । चुनाव नजिकीदै गर्दा वरिष्ठ उपाध्यक्षका प्रत्याशी अन्जन श्रेष्ठको टिमलाई गम्भीर धक्का लागेको छ ।

उनको टिमबाट एसोसिएट तर्फको उपाध्यक्षमा उम्मेदवार बन्ने घोषणा गरेकी ज्योत्सना श्रेष्ठ सुब्बाले उनको टिम छोडेकी छिन् । यसले वरिष्ठ उपाध्यक्षका प्रत्याशी अन्जन श्रेष्ठलाई भने गम्भिर धक्का लागेको विश्लेषण गरिएको छ । चुनाव नजिकिदै गर्दा उनको बहिरगर्मनले अन्जनको टिमलाई ठूलो धक्का पुगेको विश्लेषण गरिएको छ ।