GBIME

साना तथा मझौला उद्योगी व्यवसायीको आवाज उठाउन मेरो उम्मेदवारी : नानिराज घिमिरे

1.37K
shares

काठमाडौं, २५ चैत । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत तर्फको केन्द्रीय सदस्यका उम्मेदवार नानिराज घिमिरेले साना तथा मझौला उद्योगीको हकहित नै आफ्नो मुख्य एजेण्डा भएको बताएका छन् । विजनेश भ्वाइस कार्यक्रममा कुरा गर्दै घिमिरेले साना तथा मझौला उद्योगी व्यवसायीको आवाज बुलन्द बनाउनका लागि आफू अघि सरेको बताए हुन् ।

वस्तुगत तर्फबाट महासंघको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका घिमिरेले राज्यसँग समन्वय गरेर समस्या समाधान गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको बताउका छन् । ‘हामी फुटवेयर व्यवसायीहरु एक हुनु पर्ने आवश्यकता महशुस गरेर संघ बनाएका थियौँ, अहिले फुटवेयरको मात्रै भन्दा पनि सबै व्यवसायीको समस्या समाधान गर्नुपर्ने आवश्यकता रहेको छ,’ उनले भने । सबै व्यवसायीका समस्याहरु सरकारसम्म पुर्‍याएर समाधान गर्नका लागि आफू अघि सरेको घिमिरेको भनाइ छ ।

घिमिरेर फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपाल अध्यक्ष समेत हुन् । व्यवसायीका पक्षमा भएका नीतिहरुलाई कार्यान्वयन गर्ने र केही थप नीतिहरु ल्याउन सकेको खण्डमा ९० प्रतिशत आत्मनिर्भर बन्न सक्ने अवस्था रहेको उनको भनाइ छ । ‘अहिले उद्योगहरु छन् तर सहज रुपमा सञ्चालनका लागि राज्यले वातावरण निर्माण गर्नु पर्छ,’ उनले भने ।