GBIME

लगानीकर्ताहरुको हरिबिजोक छ, जनतालाई दुख हैन सेवा दिने काम गरौँ : अध्यक्ष नेपाल

834
shares

काठमाडौं, २५ चैत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले देश विकासको लागि राजनीतिमा जोडिएका नेताहरूले ईमान्दारिता पूर्वक जनताको सेवा गर्नुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित क्यालेन्डर विमोचन कार्यक्रममा बोल्दै उनले व्यवसायीहरूको हरिबिजोग भएको भन्दै उनले पार्टीसँग जोडिएका हरेक नेताहरूले जनतालाई दुख हैन सेवा दिने कार्य गर्नुपर्ने बताएका हुन् । उनले भने, ‘लगानीकर्ताहरुको हरिबिजोग भएको छ । जनतालाई दुख दिने हैन सेवा दिने काम गर्नुपर्छ । देश विकासको लागि जनतालाई सहयोग पु¥याउने काम गर्नुपर्छ ।’

कामको जिम्मा लिएपछि त्यसलाई निरन्तरता दिन सकेमा हरेक कार्यमा सफल हुन सकिने उनको भनाई छ । उनले देश र जनताको लागि नीति नियम र कानूनहरूलाई कार्यान्वयन गर्दै एक आपसमा मिलेर काम गर्नु पर्ने बताएका छन् ।