महासंघको एसाेसिएट उपाध्यक्षमा ज्याेत्सना विजयी
वि.सं.२०७९ चैत ३० बिहीवार ०७:३४
shares

काठमाडौं, ३० चैत । नेपाल उद्योग वाणिज्य महासंघको एसाेसिएट तर्फकाे उपाध्यक्षमा ज्याेत्सना श्रेष्ठ विजयी भएकी छन् । भरतराज आचार्यलाई हराउदै उनी विजयी भएकी हुन् । उनले ८४६ मत प्राप्त गरे । उनका प्रतिष्पर्धी आचार्यले ७७१ मत प्राप्त गरे ।
एसाेसिएट उपाध्यक्षका लागि ज्याेत्सना श्रेष्ठ रामचन्द्र संघई समूहबाट उम्मेदवार बनेकी थिइन् भने उमेशलाल श्रेष्ठ समूहबाट उम्मेदवार बनेका आचार्यलाई अञ्जन श्रेष्ठ समूहकाे समेत समर्थन रहेकाे थियाे ।
हालसम्मको नजिता अनुसार उमेशलाल समूहबाट विजयी हुने सदस्यहरुकाे संख्या ठूलाे । वस्तुगत उपाध्यक्षमा उमेशलाल समूहबाट हेमराज ढकाल र जिल्ला नगर उपाध्यक्षमा रामचन्द्र समूहबाट सुरकृष्ण वैद्य विजयी बनिसकेका छन् ।
यससँगै उपाध्यक्षमा अञ्जन श्रेष्ठ समूह निल भएको छ ।

















