पूर्व गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतिकविरुद्ध पक्राउ पुर्जी जारी
वि.सं.२०८० वैशाख ३१ आइतवार १३:४३
shares

काठमाडौँ, ३१ वैशाख । पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतिक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
भुटानी शरणार्थीको कोटामा नेपालीलाई अमेरिका पठाउने नाममा भएको ठगी प्रकरणमा प्रतिकको संलग्नता देखिएको भन्दै उनीविरुद्ध आईतवार पक्राउ पुर्जी जारी गरिएको हो
नेकपा (एमाले)का उपाध्यक्ष ‘बादल’ गृहमन्त्री हुँदा गिरोहले भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने धन्दा सुरु गरेका थिए ।
सोहि प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे र पूर्व गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार डा इन्द्रजित राईसहित १२ जना थुनामा छन् ।



















