मोदी इनर्जीको आईपीओ बाँडफाँट
वि.सं.२०८० वैशाख ३१ आइतवार १४:५९
shares

काठमाडौं, ३१ वैशाख । मोदी इनर्जी कम्पनीले निष्काशन गरेको साधारण शेयर बाँडफाँट भएको छ । कम्पनीले जारी गरेको आईपीओ आइतबार बाँडफाँट गरिएको हो ।
आईपीओमा आवेदन दिएका मध्ये ५ लाख ६१ हजार २२६ जना आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् । आईपीओमा १२ लाख ३६ हजार २६९ जनाले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये ६ हजार ५२८ जनाको आवेदन रद्द भएका थिए ।
कम्पनीले वैशाख १९ देखि २४ गतेसम्म ३ लाख २२ हजार २८० कित्ता शेयर सामूहिक लगानी कोष, १ लाख २८ हजार ९१० कित्ता शेयर कर्मचारीका लागि निष्काशन गरेको थियो । यस्तै सर्वसाधारणका लागि ५५ लाख ५९ हजार ४२० कित्ता शेयर निष्काशन गरेको थियो । यस्तै २९ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय, ४ लाख ३५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको छ ।
आईपीओको नजिता बिक्री प्रबन्धक सनराइज क्यापिटल, मोदी इनर्जीको, मेरो सेयर र सिडिएससीले आईपीओको नतिजा थाहा पाउन बनाएको वेबसाइटबाट थाहा पाउन सकिने छ ।



















