Dhulikhel Eco Banner new

करिब १७ अंकले घट्यो शेयर बजार परिसूचक, कारोबार रकम भने सुधार

4.21K
shares

काठमाडौं, ३१ वैशाख । कारोबार हुने साताको पहिलो दिन शेयर बजार परिसूचक करिब १७ अंकले ओरालो लागेको छ । अघिल्लो हप्ता ४ दिन घटेको शेयर बजार यो हप्ताको पहिलो दिन आइतबार १६ दशमलव ९६ अंकले घटेको हो ।

आइतबारको कारोबार बन्द हुन्दा नेप्से परिसूचक १८२१ दशमलव ६४ अंकमा पुगेको छ । यो अघिल्लो कारोबारभन्दा करिब १ प्रतिशतले कम हो । समग्रमा शेयर बजार परिसूचक ०.९२ प्रतिशतले घटेको छ ।

नेप्से घटे पनि कारोबार रकममा भने केही सुधार भएको छ । आइतबार २६३ कम्पनिका २७ लाख ८५ हजार ९३९ कित्ता शेयर २२ हजार ६८७ पटक खरिद बिक्रीहुँदा ८९ करोड ९० लाख ९२ हजार ८६५ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ओरालो लागेको छ । सेन्सेटिभ इन्डेक्स ३ दशमलवल ५२ अंकले घटेर ३४९ दशमलव ५८ विन्दुमा पुगेको छ ।