ओलीको प्रश्न : राजश्व संकलनमा समस्या भयो भनेर विदेशीलाई भन्न मिल्छ ?
वि.सं.२०८० जेठ ७ आइतवार १४:३२
shares

काठमाडौं ७, जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजश्व संकलनमा सरकारले अन्तर्राष्ट्रिय समुदाय गुहार्न मिल्छ ? भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदै एमाले अध्यक्ष ओलीले सरकार प्रमुखले राजश्व संकलनमा कठिनाई भएको कुरा दातृ समुदायसंग राख्न मिल्छ भन्दै प्रश्न पनि गरेका छन् ।
ओलीले भने ‘ सरकार प्रमुखले दातृ समदायसँगको ब्रिफिङमा राजश्व संकलन कठिनाइ भएको कुरा उल्लेख गर्न मिल्छ ? राजश्व संकलन गर्न पनि सरकारले अन्तर्राष्ट्रिय समुदाय गुहार्न मिल्छ ? राजश्व उठाउने अनिवार्य प्राथमिक कर्तव्य सरकारको होइन र ? त्यही असफलताको दस्तावेजका रूपमा नीति कार्यक्रम आएको छ,। प्रधानमन्त्रीज्यूबाट कूटनीतिक समुदाय समक्ष भएको प्रस्तुतिलाई सही भन्ने कि, राष्ट्रपतिले प्रस्तुत गरेको नीति, कार्यक्रमको विवरणलाई सही भन्ने ? फरकफरक छन् विवरण?’
प्रधानमन्त्री दाहालले केही दिनअघि विदेशी कूटनीतिक नियोगका अधिकारी, दातृ निकायका प्रतिनिधिलाई लक्ष्यअनुरूप राजश्व उठाउन समस्या भइरहेको बताएको भन्दै अध्यक्ष ओलीले यस्तो प्रश्न गरेका हुन् ।



















