Dhulikhel Eco Banner new

डलरको मूल्य बढ्ने क्रम जारी

6.11K
shares

काठमाडौं, ६ जेठ । पछिल्लो समेत दैनिक रेकर्ड कायम गर्दै आएको डलरको मूल्यले शुक्रबार नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिन १२४ रुपैयाँ ४४ पैसा रहेको डलरको मूल्य शुक्रबार १२४ रुपैयाँ ६६ पैसा पुगेको हो । यो अहिलेसम्मकै सर्वाधिक महंगो मूल्य हो ।

नेपाल राष्ट्र बैंकको अनुसार शुक्रबार अमेरिकी डलरको भाउ १२४ रुपैयाँ ६७ पैसा पुगेको छ । रुस र युक्रेनबीच चर्किएको द्वन्द्वका कारण डलरको भाउ उच्च दरले बढ्दै गएको हो। रुस र युक्रेनको युद्धका कारण भारतीय रुपैयाँ कमजोर भएको छ । भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ । यसले गर्दा भारु कमजोर हुँदा नेपाल नेपाली रुपैयाँ समेत कमजोर हुने गरेको छ ।

डलरको भाउ महंगिएसँगै नेपाली रुपैयाँ कमजोर बन्दै गएको छ । नेपालीले १ डलर साट्नको लागि १२४ रुपैयाँ ६७ पैसा खर्च गर्नु पर्ने भएको छ । डलरको भाउ महंगो हुँदा पर्यटन क्षेत्र, निकासीकर्ता र रेमिट्यान्स रकम पठाउनेलाई मात्र फाइदा हुन्छ ।

नेपाललाई रेमिट्यान्स र निर्यातमा केहि फइदा भएपनि आयात धेरै रहेकोले आयात हुने वस्तुको भाउ समेत महँगिने देखिन्छ । अहिले महंगी बढ्दै गएको अवस्थामा यसले झनै धेरै दबाव पर्ने भएको छ । डलर बलियो हुँदा राज्यले विदेशी दातृ निकायसँग लिएको ऋणको भार पनि बढ्ने भएको छ । डलरको मूल्य बढ्दा निर्यातमुखी अर्थतन्त्र भएका देशहरुलाई फाइदा पुग्ने भए पनि नेपाल जस्तो आयातमुखी अर्थतन्त्र भएको देशलाई समस्या पर्ने अर्थविद डा.चन्द्रमणी अधिकारीको भनाई छ ।