GBIME

पहाडी भूभागमा वर्षाको सम्भावना, बाँकी भूभागमा मौसम सफा रहने

1.13K
shares

काठमाडौं, १७ जेठ । हाल पश्चिमी निम्नचापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेकाले आज (बुधवार) सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागमा आंशिक देखि मौसम सामान्य बदली रहने छ । बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ ।

मौसम पूर्वानुमान महाशाखाको अनुसार, आज सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूका साथै गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ–गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

बुधवार राती देशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा भने मौसम सामान्यतया सफा रहनेछ ।