शेयर बजारमा गिरावट, कारोबार रकम २ अर्ब ३१ करोड
वि.सं.२०८० जेठ १७ बुधवार १५:१६
5.97K
shares
shares

काठमाडौं, १७ जेठ । बुधबार शेयर बजार ३८ अंकले ओरालो लागेको छ । आज शेयर बजार परिसूचक ३८ दशमलव ८३ अंकले घटेर १८४९ दशमलव ७९ विन्दुमा पुगेको छ ।
बुधबार २६२ कम्पनीका ८७ लाख ३६ हजार १२८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३१ करोड ५१ लाख ६९ हजार ५७१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै क वर्गको सेन्सेटिभ इन्डेक्समा पनि भारी गिरावट आएको छ । बुधबार ७ दशमलव २८ अंकले गिरावट आएको सेन्सेटिभ इन्डेक्स ३५३ दशमलव ४३ बिन्दुमा पुगेको छ ।



















