नेपाल भारत सीमा समस्या समाधान हुन्छ : प्रधानमन्त्री मोदी
वि.सं.२०८० जेठ १८ बिहीवार १४:१०
3.86K
shares
shares

काठमाडौं, १८ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भारत सीमा समस्या समाधान हुने दृढता व्यक्त गरेका छन् ।
बुधवारबाट भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हैदराबाद हाउसमा भएको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले दुई देशको सम्बन्धलाई हिमालय जति उचाई दिन काम गरिरहने बताए ।
उनले भने ‘ नेपाल र भारतको सीमा समस्या समाधान हुन्छ, यस्का लागि भारतीय पक्ष दृढ छ । ’
भारतीय प्रधानमन्त्री मोदीले सीमा समस्याको समाधान कसरी र कहिले हुने भन्ने बारेमा भने केही बताएनन् ।


















