GBIME

रबी लामिछाने र प्रेम आलेपछि बालेन शाह पनि भारत भ्रमणमा

2.78K
shares

काठमाडौं, १८ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जम्बो टोलिसहित यतिबेला भारत भ्रमणमा छन् । प्रधानमन्त्री प्रचण्डको भ्रमण टिममा ५ जना मन्त्री समेत सहभागी छन् ।

सरकारको यो टिम बाहेक राष्ट्रिय राजनीतिका चर्चित पात्र रबी लामिछाने पनि भारत भ्रमणमा निस्किएका छन् । लामिछानेको भ्रमणलाई व्यक्तिगत भनिएको छ । उता नेकपा एमालेबाट फुटेर जन्मिएको माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी पार्टीका नेता एवं सांसद प्रेम बहादुर आले पनि भारत भ्रमणमा निस्किएका छन् ।

राष्ट्रिय स्तरका यि नेता मात्रै होइन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह पनि भारत भ्रमणमा निस्किएका छन् । मेयर बालेन्द्रको भ्रमणका विषयमा पनि केही खुल्न सकेको छैन । महानगरको कार्यबाहक मेयरको जिम्बेवारी सुनिता डंगोललाई दिएर मेयर शाह भारततिर लागेका हुन् ।