Dhulikhel Eco Banner new

ड्र्यागन बोट महोत्सवले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनमा सहयोग पुग्ने : सिइओ रेग्मी

5.92K
shares

काठमाडौं, २५ जेठ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत सिइओ डाक्टर धनञ्जय रेग्मीले ड्र्यागन बोट दौड महोत्सवले राज्यको ठूलो ढुकुटी प्रयोग गरेर बनाइएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालनमा ल्याउन मद्दत गर्ने बताएका छन् ।

नेपाल–चीन मैत्री ड्र्यागन बोट दौड महोत्सव सम्बन्धि आयोजित पत्रकार सम्मेलन सीइओ रेग्मीले महोत्सवबाट सम्बन्ध बढाउन, च्याटर फइट्हरु सुरु गर्न, नयाँ विषय स्थापित गर्न र अफ सिजनमा पर्यटकलाई आकर्षण गर्ने कार्यमा सहयोग पु¥याउने पनि विश्वास व्यक्त गरे ।

उनले भने,राज्यको ठूलो ढुकुटी प्रयोग गरेर बनाइएको अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक यही अवसर पारेर चाइना एम्बेसीको सहयोगमा हामीले च्याटर फइट्हरु ल्याउने प्रयास गरेका छौ र यो एउटा ऐतिहासिक क्षण पनि हुने छ । च्याटर फइट्हरु ल्याउन सफल भयो भने हामी त्यसलाई निरन्तरता दिन सक्छौ । यो महोत्सवको धेरै महत्व छ, सम्बन्ध बढाउन, दोस्रो च्याटर फइट्हरु सुरु हुदैँछ, तेस्रो एउटा नयाँ विषय स्थापित गर्दै छौ, चौथो अफ सिजनमा पर्यटकलाई आकर्षण गर्न सक्ने छौ । ’

उनले महोत्सव असारको सुरु र वर्खाको सुरुमा हुने हुनाले अफ सिजनको समय पर्यटकलाई आकर्षक गराउन एकदमै राम्रो स्रोत भएको हुनाले यसलाई सफल बनाउनु आवश्यक भएको बताए ।

सीइओ रेग्मीले गत ५ देखि ६ महिनाको डाटा हेर्दा नेपालको पर्यटन जगतले अहिले ९२ प्रतिशत पुनः प्राप्ति गरिसकेको भन्दै नेपालमा पर्यटकको क्षेत्र एकदमै विकास भएको बताए ।