प्रदेश सरकारको खर्च १० खर्ब ९ अर्ब पुग्यो
वि.सं.२०८० जेठ २६ शुक्रवार १५:०३
3.61K
shares
shares

काठमाडौं, २६ जेठ । आर्थिक वर्ष २०७९/८० को दश महिनाको तथ्याङ्क अनुसार वैशाखसम्म प्रदेश सरकारहरुको कुल खर्च १० खर्ब ९ अर्ब पुगेको छ । त्यसैगरी, बैशाख सम्ममा प्रदेश सरकारको स्रोत परिचालन रु.१४ खर्ब २ अर्ब २८ करोड रहेको छ ।
यसमध्ये संघीय सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी रु.११ खर्ब १ अर्ब ४४ करोड छ ।
त्यस्तै प्रदेश सरकारहरुले परिचालन गरेको राजस्व र अन्य स्रोतबाट रु ३० अर्ब ८४ करोड रहेको छ ।


















