Dhulikhel Eco Banner new

महंगी अझै नियन्त्रणमा आएन, अघिल्लो वर्षभन्दा ०.४६ प्रतिशतले मात्रै घट्यो मुद्रास्फीति

4.11K
shares

काठमाडौं, २६ जेठ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको १० महिनामा अघिल्लो वर्षको तुलनामा मुल्य वृद्धि न्युनिकरण हुन नसकेको जनाएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको १० महिनामा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मुद्रास्फीति ७.४१ प्रतिशत रहेको छ यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ०.४६ प्रतिशतको विन्दुले घटेको हो । अघिल्लो आर्थिक वर्षको वैशाख मसान्तसम्ममा यस्तो उपभोक्ता मुद्रास्फीति ७.८७ प्रतिशत रहेको थियो ।

बैंकको तथ्याङ्कले, अघिल्लो महिनाको तुलनामा यो महिना बजार महंगीमा केही सुधार आएको देखाएको छ । चैत मसान्तसम्म मुद्रास्फीति ७.७४ प्रतिशत छ भने सबैभन्दा बढी मुद्रास्फीति खाद्य तथा पेय पदार्थ समूहतर्फ २६.६१ प्रतिशतले बढेको छ । खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.५४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.८९ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ ।

रेस्टुरेन्ट तथा होटल तर्फको मुद्रास्फीति १४.८७ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३.६९ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १०.४१ प्रतिशत र सुर्तीजन्य पदार्थको ८.४९ प्रतिशतले बढेको छ ।

थोक मूल्यका आधारमा २०८० वैशाख महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ३.३१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १६.०६ प्रतिशत रहेको थियो ।