१० कक्षा पास : होला है जीवन बर्वाद
वि.सं.२०८० असार ९ शनिवार १७:४१
shares

गृहकार्यको बोझ
ठूलो स्कुल झोला
सधैंको एउटै रुटिङ !
हामी अब यी सब छोडेर विद्यालय तहको शिक्षा सकेर उच्च शिक्षातर्फ अघि बढ्दैछौँ । कति त उच्च शिक्षाका लागि गाउँ नै छाडेर सहर जानु हुँदैछ । नयाँ ठाउ,ँ नयाँ साथी । सबै कुरा नयाँ । मानसिक र शारीरिक अवस्था पनि विकसित हुँदै छ । बालकबाट किशोर बनेका छौँ । एक किसिमले भन्नु पर्दा हामीलाई ठूलो बोझ छाडेर अझ भनौं भरी बनि पिंजडाबाट भागेर भुरुरु उडेर आकास चुम्दैछौँ ।
यो उमेर नै यस्तै हो । कक्षा १० (एसईईं) सके पछि हामीलाई रमाइलो दुनियाँतिर प्रवेश गर्न मन लाग्न । अरु कुरा पर छाडेर हामीलाई मोजमस्ती गर्न मन लाग्छ । केटालाई केटी तिर अनि केटीलाई केटातिर आकर्षित बनाउछ यो उमेरले । कसले कसलाई मन पराउने ? आहाँ त्यो केटीसँग नजिक हुन पाए त ! ओहो त्यो केटालाई पट्याउन पाए त ! कस्तो हुन्थ्यो होला ।
यस्तै–यस्तै कुराहरु मनमा डेरा जमाउछ । घरमा बा–आमालाई अब के पढाउने ? कस्तो पढाउने ? चिन्ताले पिरोलेको छ । यता हामीलाई बा–आमाका लागि पढि दिए जस्तै हुन्छ । साथीभाई सँग मिलेर होहल्ला गर्ने, रमाइलो गर्ने बानि परेको हुन्छ ।
हामीले विद्यालय तहको पढाइ सकेर कलेज जादै गर्दा पुराना नराम्रा बानि त्याग्न सक्नु पर्छ । तर, अधिकांशको त्यस्तो हुँदैन । बोरु कलेजमा गए पनि थप नराम्रो सिक्ने खतरा हुन्छ । ‘लभ’को चक्कर त्यतिबेला सबैभन्दा डेन्जर हुन्छ । आफ्नो मूल उद्देश्य नै लभ हो भन्ने भ्रम हुन्छ । कसरी जिंदगी चलाउने ? भोलिको भविष्य कस्तो बनाउने भन्ने बारे कुनै मतलव नै हुँदैन । यसले हामी विस्तारै बर्वादीतिर जान्छौँ ।
कसैले उपदेश दियो भने नि रिस उठ्छ । कलेज बंक गरेर फिल्म हेर्न जाने । कथित शैक्षिक भ्रमण, अन्य घुमघाम जस्ता कुराले हामीलाई व्यवहारिक पक्ष भुल्न बाध्य बनाइदिएको हुन्छ । हामी एक सक्षम मान्छे बन्नु पर्छ भन्ने चेतना हुँदैन । रमाइलो बाहेक अरु त मतलव हुने कुरै भएन । यता पढाई अघि बढिरहेको छ । लभसभको चक्करमा नपर्ने केहीले राम्रै अंक ल्याएर १२ कक्षा उतिर्ण गर्छन । उनीहरु उच्च शिक्षातर्फ लम्किन्छन् ।
मोजमस्तीमा रमाउने हाम्रो हालत के होला ! हामी बर्बाद भैसकेका हुन्छौ । अनि खुल्छ दिमाखको ढोका । त्यति बेला न तपाईलाई लभ ले खान दिन्छ, न मोज मस्ती ले पुर्याउछ । न तपाईसँग राम्रो अंकको सर्टिफिकेट हुन्छ । अनि तपाईको एक मात्रै गन्तव्य बन्न सक्छ वैदेशिक रोजगारी । केही वर्ष विदेशमा रहदा थोर बहुत कमाइएला । फेरि फर्किए पछि हालत खराब । यता पारिवारिक बोझले टाउँको थिच्न लागेको हुन्छ । अनि तपाई हामीले सोच्छौँ, ‘त्यतिबेला सोच्नु पर्ने सोचिएन, अहिले म बर्वाद भएँ ।’
यसकारण यदि तपाई अहिले एसईई सक्नु भएको छ भने बेलैमा सोच्नुस् । भविष्य कस्तो बनाउने भन्ने विषयमा तपाईले ध्यान दिनुस् । भविष्य कस्तो बनाउने भन्ने यतिबेला महत्वपूर्ण छ । सफलता तपाईकै हातमा छ । बेलैमा सचेत बनौँ ।


















