Dhulikhel Eco Banner new

आज देशभर सार्वजनिक बिदा

4.03K
shares

काठमाडौं, १४ असार । नेपाल सरकारले आज बिहीबार सार्वजनिक बिदा दिने भएको छ । मंगलबार गृह मन्त्रालयले एक सुचना जारी गर्दै इस्लाम धर्मालम्बीहरुको पर्व बकर ईद (ईद उल अजहा) को उपलक्षमा बिहीबार बिदा दिने निर्णय गरेको जानकारी दिएको हो ।

मुस्लिम समुदायहरुकोे बकर ईद दोस्रो महान पर्व हो । इस्लाम पात्रो हिजारी संवत अनुसार नयाँ वर्षको जुल हिज्जा महिनाको दशौं दिनमा यो पर्व मनाइन्छ । इदुल फित्र अर्थात रमजान पर्वको ७० औं दिनमा बकर इद मनाउने धार्मिक परम्परा छ ।