Dhulikhel Eco Banner new

शिवशिखर सहकारीविरुद्ध अनुसन्धान सुरु, महोत्तरीमा गोली चलेदेखि एसईईको नतिजा प्रकाशनसम्म

4.33K
shares

साताको कारोबारको चौथो दिन शेयर बजारमा गिरावट आएको छ । आज ३९ दशमलव २६ अंकले गिरावट आएको शेयर बजार परिसूचक २०४९ दशमलव ४४ विन्दुमा पुगेको छ । बुधबार २७७ कम्पनीका ८ लाख ९२ हजार ९६९ कित्ता शेयर खरिद बिक्री हुँदा ३ अर्ब ७ करोड ३९ लाख ९२ हजार १३६ रुपैयाँको कारोबार भएको छ । त्यस्तै आज क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि घटेको छ । आज ५ दशमलव ८९ अंकले घटेको सेन्सेटिभ इन्डेक्स ३८२ दशमलव ७४ विन्दुमा पुगेको छ ।

काठमाडौं महानगर प्रहरीमा जागिर खुल्यो, सेनामा भर्ना हुन नपाएकाले आवेदन दिन सक्ने

काठमाडौं महानगरपालिकाले नगर प्रहरी जवानमा भर्ना खुलाएको छ । महानगरले ६५ जना नगर प्रहरी जवानका लागि भर्ना खुलाएको हो । तर, यसका लागि सबै सर्वसाधारणले भने आवेदन दिन पाउने छैनन् । महानगरपालिकाले बुधबार सार्वजनिक गरको सूचना अनुसार रक्षा मन्त्रालयको मिति २०८०÷३÷१० च.नं. ७५० को पत्र मार्पmत प्राप्त सैन्य पदको अन्तिम नतिजामा उत्तीर्ण भएका तर मुख्य उम्मेदवारको सूचीमा नपरेका योग्यता क्रम अनुसारको नामावली लगतमा रहेका मध्येबाट तोकिएको अवधिमा प्राप्त निवेदनहरूमा सोही सूचीको योग्यता क्रम अनुसार करार सेवामा भर्ना गरिनेछ । सैन्य पदको अन्तिम नतिजामा उत्तीर्ण भएका तर मुख्य उम्मेदवारको सूचीमा नपरेका योग्यता क्रमको सूची काठमाडौँ महानगरपालिकाको वेबसाइटको डाउनलोड मेनुको प्रकाशन सब–मेनुमा “सैन्य योग्यता क्रमको सूची” शीर्षकमा रहेको महानगरले जनाएको छ ।

एसईईको रिजल्ट आज प्रकाशन गरिदैं, कसरी हेर्न सकिन्छ रिजल्ट

माध्यामिक शिक्षा परीक्षा एसईईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय आज नतिजा प्रकाशन गर्ने तयारीमा रहेको छ । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले १९ संस्थालाई नतिजा प्रकाशन अनुमति दिएको छ । यसपटक पनि एसईईको नतिजा वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिनेछ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार नतिजा प्रकाशनका लागि १९ संस्थाले अनुमति पाएका छन् । जसमा १४ वटामा वेबसाइटबाट हेर्न सकिनेछ भने ५ वटाबाट एसएमएस र आईभीआरबाट नतिजा प्राप्त गर्न सकिनेछ । नेपाल टेलिकमबाट एसएमएस र आइभिआरबाट १६०० सर्टकोड प्रयोग गरी, जनकी टेक्नोलोजी प्रा.लिबाट एसएमएस ३५००१ सर्टकोड प्रयोग गरी, इजी सर्भिस प्रा.लिबाट एसएमएस ३४९४९ सर्टकोड प्रयोग गरी, आकाश टेक प्रा.लिबाट एसएमएस ३१००३ सर्टकोड प्रयोग गरी र क्रियसन सफ्ट नेपाल प्रा.लिबाट एसएमएस ३१०६४ सर्टकोड प्रयोग गरी नतिजा हेर्न सकिन्छ ।

वेबसाइटबाट नतिजा पाउँन सक्नेमा, डब्लु डब्लु डब्लु डट् एसईई डट् जिओभि डट् एनपि, डब्लु डब्लु डब्लु डट् एनइबि डट् जिओभि डट् एनपि, डब्लु डब्लु डब्लु डट् एसईइ डट् एनटिसि डट् नेट डट् एनपि, एचटिटिपिएस स्यास एसईई डट् एनआइसिएसियाबैंक डट् कम, डब्लु डब्लु डब्लु डट् एसईई इडियु संजाल डट् कम, डब्लु डब्लु डब्लु डट् इकान्तिपु्र डट् कम, डब्लु डब्लु डब्लु डट् द कनेक्ट प्लस डट् कम, एचटिटिपिएस स्यास खल्ती डट् कम स्यास एप, डब्लु डब्लु डब्लु डट् निमा एकेडेमी डट् कम, एचटिटिपिएस स्यास माइपे डट्कम एनपी, डब्लु डब्लु डब्लु डट् नेपाल एजुकेशन पोर्टल डट् कम, डब्लु डब्लु डब्लु डट् आयो रिजल्ट डट् कम, डब्लु डब्लु डब्लु डट् रिजल्टर्स डट् मात्र एजुकेशन डट् कम र डब्लु डब्लु डब्लु डट् टुटेलाइन डट् कम मार्फत नतिजा प्राप्त गर्न सक्नेछन् । लेटर ग्रेडिङमा नतिजा प्रकाशित गर्ने अन्तिम तयारी भइरहेको समेत राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

महोत्तरीमा चल्यो गोली, १ जना घाइते

महोत्तरीमा सामान्य विवादमा गोली चलेको छ । गोली लागेर रामगोपालपुर नगरपालिका १ बसबिट्टीका ४४ वर्षीय श्रवण यादव गम्भीर घाइते भएका हुन् । गोली लागेर घाइते यादवको उपचार जनकपुरधामस्थित जानकी हेल्थ केयरमा भइरहेको छ । कन्चट र दाहिने कुममा गोली लागेका यादवलाई राति नै उपचारका लागि जानकी हेल्थ केयरमा ल्याएको थियो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी दिलीप कुुमार गिरीले यादवमाथि दुई राउराण्ड गोली प्रहार भएको जानकारी दिए । गोली चलाएको आरोपमा ३८ वर्षीय कौशल मण्डललाई पक्राउ गरिसकेको र थप अनुसन्धान गरिरहेको बताए । मण्डलको साथबाट एक थान पेस्तोल र गोलीको तीन खोका बरामद भएको डीएसपी गिरीले बताए । उनका अनुसार गोली प्रहार गरेको कारण खुल्न सकेको छैन ।

शिवशिखर सहकारीविरुद्ध अनुसन्धान सुरु,

बचतकर्ताको उजुरीपछि प्रहरीले यहाँ सञ्चालित शिवशिखर बहुउद्देश्यीय सहकारीविरुद्धको अघि बढाएको छ । बेनीस्थित न्यूरोडमा आफ्नै भवनमार्फत सेवा केन्द्र विस्तार गरी बचत सङ्कलन र लगानी दिँदै आएको सहकारी विगत पाँच महिनादेखि बन्द छ । सहकारीका कर्मचारी र व्यवस्थापक चार महिनायता सम्पर्कविहीन भएपछि बचतकर्ताको प्रहरीमा उजुरी दिएका थिए । सहकारी विभागको अनुसन्धानसम्बन्धी सिफारिस र केन्द्रीय अनुसन्धान ब्यूरोबाट परिपत्र भएपछि अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक किरण लामाले जानकारी दिए ।