Dhulikhel Eco Banner new

सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

4.03K
shares

काठमाडौं, २२ असार । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुन र चाँदीको मूल्य घटेको छ । यो साताको अन्तिम दिन आज शुक्रबार सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको हो ।

आज छापावाल सुनको मूल्य एक लाख १० हजार ६ सय, तेजावी सुनको मूल्य एक लाख १० हजार ५० र चाँदीको मूल्य १३ सय ७५ रुपैयाँ कायम भएको छ । बिहिवार एक लाख १० हजार ७ सय रुपैयाँमा छापावल, एक लाख १० हजार १५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।

यस्तै १३ सय ९५ रुपैयाँ तोलामा चाँदीको खरिद बिक्री भएको थियो ।