Dhulikhel Eco Banner new

२ भन्दा बढि बच्चा जन्माउँनेलाई पुरस्कार, रवि लामिछाने बार्दलीमा चढेदेखि मेयर भिक्टरले गोहिसंग गरेको विवाहसम्म

5.6K
shares

काठमाडौँ, २४ असार । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह विश्वका मेयरहरूको साझा संगठन ‘वर्ल्ड एसोसिएसन अफ मेजर मेट्रोपोलिज’ सञ्चालक समितिको सदस्यमा निर्वाचित भएका छन् । गत आईतवार दुई वर्षे कार्यकालका लागि निर्वाचित भएका मेयर शाहको कार्यकाल सन् २०२४ देखि २०२६ सम्म रहनेछ । मेयर साहले उक्त जिम्मेवारीमा रहँदा सदस्यहरूको सभाले तोकेका दिशा निर्देशहरू पूरा गर्नुपर्ने हुन्छ ।

अब २ भन्दा बढि बच्चा जन्माउँनेलाई पुरस्कार स्वरुप ५ हजार प्रदान

पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर १ ले दुईभन्दा बढी सन्तान जन्माउनेलाई पुरस्कार दिने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत वडाले दुईभन्दा बढी सन्तान जन्माउनेलाई प्रोत्साहन भत्तास्वरुप पाँच हजार रुपैयाँ पुरस्कार दिने भएको हो । वडामा जनसंख्या निरन्तर कम हुँदै गएपछि जनसंख्या वृद्धि गर्नका लागि यस्तो निर्णय गरिएको वडा अध्यक्ष चिरञ्जिवी पोखरेलले बताएका छन् । पोखरेलका अनुसार तीन सन्तान जन्माएर जन्मदर्ता गराउन आउने आमाबुवाले वडाबाट पाँच हजार रुपैयाँ पाउनेछन् । वडा कार्यालयले गरेको उक्त निर्णय साउन महिनादेखि लागू हुनेछ ।

उक्त कार्यक्रमका लागि आगामी आर्थिक वर्ष २०८० ८१ मा १२ जनाको लागि ६० हजार रुपैयाँ बजेट विनियोजन गरिएको वडा अध्यक्ष पोखरेलले बताए । ‘पछिल्लो समय वडाको जनसंख्या निरन्तर घट्दो छ । जनसंख्या घटेकै कारण गाउँका खेतबारी बाँझै छन् ।’, अध्यक्ष पोखरेलले भने, ‘जनसंख्यासँगै दक्ष जनशक्तिको अभाव हुँदै गएपछि सन्तान उत्पादनमा जोड दिने गरी कार्यक्रमको घोषणा गरिएको हो ।’ राष्ट्रिय जनगणना २०६८ अनुसार रिब्दीकोट गाउँपालिका वडा नम्बर १ मा २ हजार ३४ जनसंख्या थियो । तर, जनगणना २०७८ अनुसार वडा नम्बर १ मा ३ सय जना जनसंख्या घटेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेल उपचार खर्च सरकारले बेहोर्ने भएपछि विरोध सुरु

राष्ट्रपति रामचन्द्र पौडेल ले भारतमा गराएको उपचार खर्च सरकारले बेहोर्ने निर्णय गरेको छ । १२ असारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलले भारतमा गराएको उपचारको खर्च बेहोर्ने निर्णय गरेको हो । राष्ट्रपति पौडेलले भारतमा उपचार गर्न जाँदा र आउँदा लागेको हवाई भाडा, अस्पतालको खर्च र सुरक्षाकर्मीहरुको दैनिक भ्रमणभत्ता लगायतमा ५५ लाख २ हजार २ सय ७९ रुपैयाँ बेहोर्ने निर्णय भएको छ । यस विषयलाई लिएर धेरै मानिसले विरोध जनाइरहेका छन् भने अनेरास्ववियुले राष्ट्रपतिको उपचाररका लागि तपाईको एक रुपैयाँ भन्ने नारा सहित एक रुपैयाँ एक रुपैयाँ संकलन थालेका छन् ।

रिब्दिकोट गाउँपालिकाले सुरु गर्यो अचम्मको कार्य, एक हल गोरु पाल्नेलाई दुई देखि पाँच हजार भत्ता 
काठमाडौं, २१ असार । गाउँमा खेतीयोग्य जमिन बाँझिन थालेपछि गोरुपालन गर्ने किसानलाई प्रोत्साहनमुलक कार्यक्रम ल्याइएको छ । पाल्पाको रिब्दिकोट गाउँपालिका–१ को कार्यालयले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी गाउँमा बसेर गोरुपालन गर्ने किसानलाई प्रोत्साहन भक्ता दिने भएको छ । गाउँका खेतबारी विभिन्न खेतीपातीले हराभरा बनोस् भन्दै नयाँ हलगोरु किनेर पाल्ने किसानलाई एक हल गोरु बराबर रु पाँच हजार भक्ता दिने कार्यक्रम ल्याएको वडाध्यक्ष चिरञ्जीवी पोखरेलले बताए । उनका अनुसार नयाँ किन्नेलाई रु पाँच हजार, घरमा नियमित पालिरहने किसानलाई वार्षिकरुपमा दुई हजार पाँच सय भक्ता दिइनेछ । अहिले गाउँघरमा गोरुपालन हराउँदै गएको अवस्थामा गोरुको संरक्षण र खेतबारी बाँझिन नदिनका लागि गोरुपालनमा भक्ताको कार्यक्रम ल्याइएको हो ।

मेयर भिक्टरले गरे गोहिसंग विवाह, विश्वमै राखेँ पहिलो रेकर्ड

खतरनाक जिव गोहीसँग मानिसहरु थर्कमान हुन्छन् र नजिक पर्न डराउँछन् । तर मेक्सिकोमा भने एकजना मानिसले त्यही गोहीसँग बिहे गरेका छन् । मेक्सिकोका सेन पेड्रो हुआमेलुलाका मेयर भिक्टर एगुइलरले गोहीसँग बिहे गरेका हुन् । यो बिहे आजकल चर्चामा छ । गत जून महिनाको अन्त्यमा ती मेयर र गोहीबीच बिहे सम्पन्न भएको हो ।

बिहेमा पोथी गोहीलाई बेहुलीजस्तै सजाइएको थियो । गोहीलाई सेतो रंगको गाउन पहिराइदिइएको थियो । साथै टाउकोमा फूलको क्राउन पनि पहिरिएको थियोे । मेयर भिक्टर र गोहीबीचको बिहेमा ठूलो संख्यामा पाहुनाहरु सहभागी भए । बिहेमा मेयर भिक्टर बेहुलाको रुपमा सिँगारिएका थिए । ब्याण्डबाजा तथा जन्तीहरुसँगै उनी गोहीसामु पुगेर बिहे गरे ।

बिहेमा सामेल मानिसहरुले बिहेको पार्टीको भरपूर आनन्द लिए । खासमा ती मेयरले किन गोहीसँग बिहे गरे त रु यसको कारण रोचक छ । मेक्सिकोमा माछाको कारोबार निकै बढिरहेको छ । यस्तोमा यहाँ करीब २ सय वर्ष पूरानो एक मान्यता छ कि यदि गोहीसँग बिहे गर्ने हो भने समुद्रमा माछा तथा सी फूडको संख्यामा वृद्धि हुन्छ । जसका कारण त्यहाँ माछाका व्यापार रातारात बढ्दछ र प्रशस्त फाइदा हुन्छ । यही परम्परागत मान्यताका कारण मेयरले गोहीसँग बिहे गर्न बाध्य भएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने फेरी विवादमा तातिने खतरा, आखिर किन चढे बार्दलीमा ?

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने बाजुरामा रहेको एक प्रानो घरको बार्दलीमा चढेपछि अहिले उनको चौतर्फी आलोचना र प्रशंसा भइरहेको छ । यस विषयलाई लिएर उनको समर्थकहरुले प्रशंसा गरिरहेको बेला उनका विपक्षले भने जुत्ता लगाएरै बादलीमा गयो, गरिबको बार्दलीमा गएर त्यसरी फोटो भिडियो खिचायो, जस्ता कुरा लेख्दै आलोचना गरेका छन् । उनले भने देश बुझ्न पुराना घरको बार्दली मै जानुपर्ने उल्लेख गरेका थिए ।