Dhulikhel Eco Banner new

छात्रवृत्तिका लागि महानगरद्वारा निवेदन आह्वान

4.2K
shares

काठमाडौं, २८ असार । काठमाडौं महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि आवेदन माग गरेको छ । काठमाडौं महानगरपालिकाले आज  एक सूचना प्रकाशित गर्दै छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि अनलाइन निवेदन आह्वान गरेको हो ।

कक्षा ११ अध्यापन हुने संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८०/०८१ का लागि छात्रवृत्तिमा विद्यार्थी छनोटका लागि उसले आज बिहान १० बजे देखि साउन १२ गते राति ११ः५९ बजेसम्म महानगरको वेबसाइट वा ntrance.kathmandu.gov.np मार्फत अनलाइन आवेदन फाराम पेस गर्न सकिने जनाएको छ । परीक्षा साउन २० गते बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म हुने पनि सूचनामा उल्लेख छ ।