शेयर बजारमा गिरावट, कारोबार ३ अर्ब ३९ करोड
वि.सं.२०८० असार २८ बिहीवार १५:०४
4.32K
shares
shares

काठमाडौं, २८ असार । साताको कारोबारको अन्तिम दिन शेयर बजारमा केहि गिरावट आएको छ । आज १२ दशमलव ६२ अंकले गिरावट आएको शेयर बजार परिसूचक २०८४ दशमलव ९३ विन्दुमा पुगेको छ ।
बिहीबार २९६ कम्पनीका ९३ लाख ८२ हजार ४४० कित्ता शेयर खरिद बिक्री हुँदा ३ अर्ब ३९ करोड ६ लाख ६० हजार ६०५ रुपैयाँको कारोबार भएको छ ।
आज क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि घटेको छ । आज ० दशमलव ९० अंकले बढेको सेन्सेटिभ इन्डेक्स ३९१ दशमलव २५विन्दुमा पुगेको छ ।



















