बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?
वि.सं.२०८० साउन ३ बुधवार १२:११
shares

काठमाडौं, ३ साउन । आज सुन तोलामा ६०० रुपैयाँले बढेर छ । ६ सयले बढेको छापावाल सुन प्रतितोला एक लाख १३ हजार १०० रुपैयाँ पुगेको छ । त्यस्तै आज तेजाबी सुन प्रतितोला एक लाख १२ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सुन तोलामा ३०० रुपैयाँले महंगिएर प्रतितोला एक लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदी तोलामा १० रुपैयाँले बढेको छ । आज १० रुपैयाले बढेको चाँदी प्रतितोला एक हजार ४९० रुपैयाँमा कायम भएको छ । अघिल्लो कारोबार दिन भने चाँदी प्रतितोला एक हजार ४८० रुपैयाँ कायम रहेको थियो ।



















